एस धर्तीमा स्वर्ग को कुनै अनुभूति छ भने त्यो "प्रेम" हो मनोज आचार्य प्रेम अपनत्वको भाव हो , " प्रेम " मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो प्रेम शब्द आफैमा अर्थपूर्ण , अनमोल अनि निकै गहन छ , प्रेम एक प्राकिृतिक शक्ति हो । त्यसमा हाम्रो धेरै कन्ट्रोल हुँदैन् । यसलाई परिभाषित गर्न असम्भव छ । प्रेमलाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् । जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं मात्र अनुभव गर्छौ ,, प्रेम प्राकृतिक हुन्छ , प्राकृतिक रुपमा चलिरहन्छ । सूर्यले कहिल्यै पनि विश्रान्ति नलिएजस्तै , हावाले जहिल्यै वहेजस्तै , पृथ्वीले आफ्नो अक्षांशमा परिक्रमा गरिरहेजस्तै निरन्तर चलिरहन्छ । वास्तबमै प्रकृति नै प्रेम हो यो धर्ति नै प्रेम हो , प्रकृतिलाई हामीले जति भोग गरेपनि प्रकृतिले दिने काम रोकेकी छैनन्। व्यक्तिले जति नष्ट गरे पनि जति दुख दिए पनि प्रकृतिले विनागुनासो फेरि उपलब्ध गराएकै हुन्छिन्...