Skip to main content

एस धर्तीमा स्वर्गको कुनै अनुभूति छ भने त्यो "प्रेम" हो

एस धर्तीमा स्वर्गको कुनै अनुभूति छ भने त्यो  "प्रेम" हो

मनोज आचार्य


 



प्रेम अपनत्वको भाव हो,  "प्रेम" मजबूत स्नेहको एक भावना व्यक्तिगत लगाव हो प्रेम शब्द आफैमा अर्थपूर्ण, अनमोल अनि निकै गहन ,  प्रेम एक प्राकिृतिक शक्ति हो त्यसमा हाम्रो धेरै कन्ट्रोल हुँदैन्  यसलाई परिभाषित गर्न असम्भव प्रेमलाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं मात्र अनुभव गर्छौ,,  प्रेम प्राकृतिक हुन्छ, प्राकृतिक रुपमा चलिरहन्छ सूर्यले कहिल्यै पनि विश्रान्ति नलिएजस्तै, हावाले जहिल्यै वहेजस्तै, पृथ्वीले आफ्नो अक्षांशमा परिक्रमा गरिरहेजस्तै निरन्तर चलिरहन्छ  वास्तबमै प्रकृति नै प्रेम हो यो धर्ति नै प्रेम हो, प्रकृतिलाई हामीले जति भोग गरेपनि प्रकृतिले दिने काम रोकेकी छैनन्। व्यक्तिले जति नष्ट गरे पनि जति दुख दिए  पनि प्रकृतिले विनागुनासो फेरि उपलब्ध गराएकै हुन्छिन्।

यदि तपाईंले हरेक चीजलाई प्रेमपूर्वक हेर्न सक्नुभयो भने, तपाईंको अनुभवमा सम्पूर्ण संसार सुन्दर बन्नेछ। तब तपाईंलाई यो बोध हुनेछ कि प्रेम तपाईंले गर्ने कुरा होइन  प्रेम, तपाईं आफूभित्र हुने तरिका हो मान्छे स्वयंको भित्र ध्यान अनि बाहिर सम्बन्धहरूमा प्रेम हुनुपर्छ भित्र ध्यानको फूल फुलोस्, बाहिर प्रेमको सुगन्ध निस्कियोस् बल्ल प्रेम हुन सक्छ हामीभित्र प्रेमको सागर , समुद्र बाँड्न जान्यौँ गर्न  सक्यौँ भने हामी  निःस्वार्थ प्रेमी बन्न सक्छौँ, संसारलाई प्रेमले पगाल्न सक्छौँ प्रेम अमृत हो प्रेम आनन्द हो प्रेम अमृतसरोवरको झरना हो  प्रेम कुनै दु: सृजना गर्नको लागि होइन प्रेम लक्ष्य होइन, खुसि आनन्द चाइ  लक्ष्य हो 

प्रेम मात्र एउटा  यस्तो चिज हो जसले हरेक जात धर्म वर्ग सानो ठुलो हरेक समाज देश सबैलाई  एउटा  माला मा उन्न सक्छ समान ब्यबहार गर्न सक्छ।  प्रेम आफैमा एक अध्यात्म को रुप हो साधना हो, सागर हो अझ भनौँ, यसको गहिराइ नाप्न सकिन्न, प्रेम आकाशजस्तो हुन्छ, जसको विशाल फैलावट नाप्न सकिँदैन प्रेम आत्माको स्वभाव हो प्रेममा झर्को हुँदैन छुट्टी हुँदैन प्रेमलाई छोड्नै सकिँदैन   जो स्वयम्  व्यक्ति ले अनुभव गर्छ  अनि  बल्ल अरु लाइ प्रेम गर्न सक्छ  दिन सक्छ त्यसैले यो धर्तीमा स्वर्ग को कुनै अनुभूति भने त्यो मात्र प्रेम हो, अन्यथा प्रेम बिना कुनैपनि कुराको अस्थित्व छैन    विचार, चेतना क्षेत्रको एउटा महत्वपूर्ण सम्पदा हो प्रेम  हाम्रा  हरेक कार्य  योजना पूरा गर्न प्रेमले प्रेरित गर्छ मानवले जीवनको उपयोग गर्छ केवल प्रेमको लागि मात्र  गर्छ   तपाईं बाहिरी संसारमा के गर्नुहुन्छ भन्ने कुरा सदैव अनेकौँ सर्तहरूले निर्धारण गर्छन् तर, प्रेम भित्री अवस्था होतपाईं आफूभित्र कस्तो हुने भन्ने कुरा निश्चय पनि कुनै सर्त बिनै हुन सक्दछ त्यसैले प्रेम नि :सर्त हुन्छ

प्रेम अकारण पैदा हुन्छ, प्रेम आत्माको साक्षात्कार गर्ने बाटो हो प्रेम  विश्वब्रह्माण्डको कणकणमा व्याप्त ब्रह्माण्डको गहिराईमा यही प्रेमको भाव सन्निहित यसैले माया भौतिक हो भने प्रेम आध्यात्मिक हो अध्यात्म अमूर्त हुन्छ प्रेम आत्मासँग नजिक हुन्छ, भने माया शरीरसँग सम्बन्धित हुन्छ त्यसैले प्रेम , सम्बन्ध, र माया फरक फरक कुरा हुन

जुन कुरा  मूर्त , त्यसको विनाश निश्चित हुन्छ तर अमूर्तको कहिल्यै विनाश हुँदैन यसप्रकार प्रेमको पनि कहिल्यै विनाश हुँदैन किनकि प्रेम पनि अमूर्त हुन्छ प्रेम अनुभूतिमा मात्र  प्राप्त गर्न सकिन्छ प्रेमको अनुभूति हुन्छ तर मायाको भोग हुन्छ  प्रेमको हृदयभित्र सबैले समान स्थान प्राप्त गर्न सक्दछन् आफूले चाहेको वस्तु फेला पर्यो भने खुसी गुम्यो भने दुःखी हुने चरित्र मायाको चरित्र हो  प्रेमको होइन

प्रेम जीवन

जीवन प्रेम कुनै गणित विज्ञान होइन। यसको  कुनै प्रयोगशाला हुदैन प्रेमलाई जान्ने कुनै सूत्र हुँदैन जीवन आफैंमा एक रहस्यमय प्रयोगशाला हो, यसलाई अनभूति मात्र गर्न सकिन्छ। अनुभूति अनुभवको नाम नै जीवन हो। सृष्टिको स्रोत नै प्रेम हो। प्रेमको कारण हामीले जीवन पाएका छौं। प्रेमविना यो जीवन सम्भव थिएन तर विडम्बना रहस्यलाई रहस्यकै रूपमा अनुभूति गर्न छाडेर परिभाषामा अल्झेका छौं हामी। हृदयको सुन्दैनौं मस्तिष्कको इशारामा बढी चल्छौं। मस्तिष्कले कहिल्यै रहस्यलाई रहस्यको रूपमा रहन दिँदैन। कुनै पनि चीज, भाव या रहस्यलाई परिभाषामा नउतारीकन मन शान्त हुँदैन। तर कयौं चिज यस्ता छन्, जसलाई परिभाषामा बाँध्न सकिन्न, व्याख्यामा समेट्न सकिन्न। कुनै किताब पढेर जीवन प्रेमलाई जान्न सकिन्न। जीवन प्रेम अनन्त आकाशभन्दा ठूलो फराकिलो छ। यसलाई कुनै  परिभाषाले वर्णन गर्न सकिदैन। जीवन प्रेम एउटा अनुभूति हो, एउटा रहस्य हो एउटा राज हो। यसमा जति तर्क बुद्धि लगाए पनि, मन जति मालिक हुन खोजे पनि यो रहस्यमै रहन्छ। यो रहस्यको आनन्दमा डुब्नुजतिको समझदारी अरू हुनै सक्दैन। जीवनको रहस्य आनन्दमा समाहित हुनु हो भने प्रेमको रहस्य अस्तित्वसँग  जोड्नु हो। प्रकृतिसँग रमाउनु हो। आफैंभित्र डुबुल्की लगाउनु हो। जिउनुको नाम जीवन हो। जीवन्तता प्रेम हो।

प्रेम र  सम्बन्ध :

यसले कुनै अर्थ राख्दैन कि तपाईले कसलाई प्रेम गर्नुहुन्छ, कहाँ प्रेम गर्नुहुन्छ, किन प्रेम गर्नुहुन्छ, कहिले प्रेम गर्नुहुन्छ, कसरी प्रेम गर्नुहुन्छ, अनि के का लागि प्रेम गर्नुहुन्छ, मतलव सिर्फ यही राख्छ कि तपाईं प्रेम गर्नुहुन्छ  आध्यात्मिक साधनाबाट मात्र प्रेमको स्वरूपलाई प्राप्त गर्न सकिन्छ   साधारणतया, हामीले यस्तो संरचनाभित्र सम्बन्धहरू बनाएका हुन्छौँ, जुन हाम्रो लागि आरामदायक लाभदायक छन् मानिसमा शारीरिक, मनोवैज्ञानिक, भावनात्मक, आर्थिक वा सामाजिक आवश्यकताहरू हुन्छन् यी आवश्यकताहरू पूरा गर्ने एउटा उत्तम तरिका हो, " तिमीलाई प्रेम गर्छु " यो तथाकथित "प्रेम" एउटा मन्त्र जस्तो भएको   !" कसैलाई प्रेम गर्छु भनेकै भरमा तपाईं आफूले चाहेको कुरा प्राप्त गर्ने प्रयास गर्नुहुन्छ हामी जेजति कामहरू गर्दछौँ, कुनै कुनै तरिकाले आफ्ना आवश्यकताहरू पूरा गर्नका लागि गरिरहेका हुन्छौँ। मानिसहरूले आफ्नो सुविधा, आराम, भलाइको लागि बनाएका सम्बन्धहरूलाई वास्तवमा प्रेमको सम्बन्ध हो भन्ने ठानेर आफैँलाई भ्रमको जालोमा अल्झाइरहेका हुन्छन् 

मानिसहरूका निम्ति प्रेम एउटा अर्को आवश्यकता मात्र बन्दछ, जुनबिना उनीहरू बाँच्न सक्दैनन् शरीरको आफ्ना आवश्यकताहरू भए जस्तै, भावनाको पनि आफ्नै आवश्यकताहरू हुन्छन् " तिमी बिना बाँच्न सक्दिनँ" भन्नु एक हदसम्म " बैसाखी बिना हिँड्न सक्दिनँ" भन्नु सरह हो यति हुँदाहुँदै पनि प्रेमले कहिल्यै विश्वासघात गर्न सक्दैन प्रेम कहिल्यै लोभी हुनै सक्दैन, आह्रिस नै गर्नसक्छ प्रेममा स्वार्थ हुँदैन प्रेममा क्रोध पनि हुँदैन यसले घमण्ड नै गर्नसक्छ संसारमा देखावटी प्रेमका अनेकौँ रुपहरु हुनसक्छन्, कृत्रिम प्रेमहरु नभएका होइनन्, तर ती सब क्षणिक हुन्छन् त्यसलाई प्रेम मान्नेहरु नभएका होइनन्, तर वास्तवमा त्यो प्रेम नै होइनन् खासमा प्रेम नै त्यो वरदान हो, जसलाई स्वार्थको पछ्यौरीले छोप्नै मिल्दैन

तर आजको मान्छे केवल आकर्षणलाई प्रेम सम्झिन्छ उनीहरुको प्रेम क्षणिक हुन्छ विस्तारै आकर्षण कम हुँदै जाँदा त्यस्ता प्रेम हराउँदै जान्छन् क्षणिक आकर्षण भंग भएसँगै प्रेम पनि समाप्त हुन्छ सच्चा प्रेम मा कहिल्यै चाहेर पनि  झुट बिस्वासघात रिस इर्श्या डाहा हुनै सक्दैन जसरि गुलाब को फुल बाट हामीले चमेलीको बास्ना पाउन सक्देनौ हो तेस्तै

आफूले मन पराएको मान्छे पाउनै पर्छ भन्ने हुँदैन तर यदि प्राप्तीले दुवैको जिन्दगी खुशीले भरिदिन्छ भने किन अन्यौलता ?
एक भनाइ पनि अल इज फेयर लभ एण्ड वारअर्थात प्रेम युद्धमा सबैकुरा जायज हुन्छ
खुशी हुने अधिकार सबलाई
आडम्बरता, घमण्ड, सम्पत्तिले प्रेमलाई कहिले सफल हुन दिँदैन मनले गाँसेको सम्बन्ध पो खास हुन्छ
प्रेमको कुनै भाषा हुँदैन, साइनो हुँदैन, समय हुँदैन, नियम हुँदैन हुन्छ केवल महसुस खुशीले रसाएका नयनहरू, वेफिक्री धड्किने धड्कन, बिश्वास अनि सम्बन्ध

यदि तपाईं प्रेममा हुनुपर्ने हो भने, तपाईं छुट्टै  रहनुहुँदैन एक व्यक्तिको रूपमा तपाईं मेटिन, विलिन हुन इच्छुक हुनुपर्छ, तबमात्र प्रेम सम्बन्ध  हुन सक्दछ कुन लेनदेन हो अनि कुन सही अर्थमा प्रेम सम्बन्ध हो भनेर पहिचान गर्न आवश्यक प्रेम सम्बन्ध कुनै विशेष व्यक्तिसँगै हुनुपर्छ भन्ने छैन विशेषगरी कसैसँग नभई स्वयं जीवनसँग तपाईंको गहिरो प्रेम सम्बन्ध चलिरहेको पनि  हुन सक्छ

जीवन प्रेमबाट सुरु भई परमात्मासम्म पुग्नुपर्छ  ओशो भन्छन्प्रेम जन्मसँगै मिल्दैन, प्रेम आर्जन हो, साधना हो अनि सिद्धि हो मान्छेले धन कमाउने कोसिस गर्छ तर प्रेम कमाउने कुनै कोसिस गर्दैन यदि कुनै व्यक्ति आफूभित्र डुब्न सक्दैन भने अर्कोसँग कसरी डुब्न सक्छ जब कोही आफूभित्रै जान सक्दैन भने कसरी अर्काको भित्र जान सक्छ  जसले ध्यान गरेको छैन, उसले प्रेम गर्न सक्दैन,

सारा दुःखी मान्छेहरू प्रेम चाहन्छन्,’ ओशोले भनेका छन्, ‘कुनै व्यक्तिमा प्रेमको अपेक्षा भने त्यो ऊभित्र दुःख भएको प्रमाण हो व्यक्तिमा भित्र दुःख भने प्रेमको मागमा हुन्छ यदि व्यक्तिभित्र आनन्द भने उसले  प्रेमको वितरण गर्छ हाम्रो मनमा उठ्ने सबै कुविचारलाई प्रेमले नष्ट गर्न सक्छ। यदि प्रेमपूर्वक बिचारको सञ्चार मनमा हुने हो भने वासनात्मक विचार मेटिएर जान्छ। प्रेम वासनाभन्दा अलग कुरा हो,   सम्बन्ध  एक प्रकारको आदानप्रदान हो यसलाई राम्रोसँग चलाउन विशेष कुशलता चाहिन्छ अन्यथा, यो कुरूप बन्न सक्छ   कुनैदिन एक व्यक्तिसँगको क्षण कति रमाइलो हुन सक्छ, अनि अर्को दिन त्यही व्यक्तिसँगको क्षण कति नरमाइलो हुन सक्दछ सम्बन्धले राम्रोसँग काम गर्नको लागि केही आधारभूत नियम सर्तहरू हुने गर्छन् यदि तपाईं यी नियम सर्तहरूको दायरामा रहनुभयो भनेमात्र, तपाईंले सफलतापूर्वक सम्बन्ध निर्वाह गर्नुहुनेछ।  वास्तवमा  प्रेम सहितको सम्बन्ध भयो भने मात्र खुसि स्वर्ग को अनुभूति मिल्न सक्छ अन्यथा  त्यो सम्बन्ध जुनसुकै क्षण तहसनहस हुन सक्छ केहि साभार सहित धन्यबाद !!

 Manoj Acharya 

मनोज आचार्य 

www.linkedin.com/in/er-manoj-acharya-b773352b0

https://www.facebook.com/acharyamanoj?mibextid=LQQJ4d

 

Comments

Popular posts from this blog

"राजनीतिज्ञ कि चटके: नेपाली राजनीतिमा 'बौद्धिक टाटपल्टाई' को नग्न नमुना"

  इ. मनोज आचार्य नेपाली राजनीति आज एउटा विचित्र र त्रासदीपूर्ण दोबाटोमा उभिएको छ। एकातिर ‘ इतिहासको ब्याज ’ खाएर थाकेका पुराना दलहरू छन् भने अर्कोतिर ‘ परिवर्तन ’ को आकर्षक विज्ञापन बेचेर आएका नयाँ शक्तिहरू। यही संक्रमणकालीन क्षणमा एउटा गम्भीर र निर्णायक प्रश्न उठ्छ — हामीले रोज्दै गरेको पात्र राजनीतिज्ञ हो कि केवल एउटा चटके ? राजनीतिज्ञले देशको आगामी पुस्ताको भविष्य निर्माण गर्छ। चटकेले भने अर्को चुनाव र सामाजिक सञ्जालको ‘ भ्यूज ’ सुरक्षित गर्ने काम मात्र गर्छ। आज नेपालका गाउँदेखि सहरसम्म एउटा यस्तो घातक लहर फैलिएको छ , जहाँ विवेकलाई भावनाले , नीति र सिद्धान्तलाई ‘ स्टन्ट ’ ले विस्थापित गरिरहेको छ। नेपाल अहिले एउटा प्रयोगशाला बनेको छ — जहाँ पुराना दलको अक्षमता र नयाँ चटकेहरूको दाउपेच मिसिएर जनताको भविष्यमाथि जुवा खेलिँदैछ। यो कुनै लोकतान्त्रिक अभ्यास होइन ; यो त बौद्धिक टाटपल्टाईको नग्न नमुना हो। विश्व राजनीति र नेपालको असहज अवस्था आजको विश्व राजनीति इतिहासकै सबैभन्दा संवेदनशील ‘ मल्टी – क्राइसिस ’ बाट गुज्रिरहेको छ। अमेरिका आफ्नो एकछत्र वर्चस्व जोगाउन इन्डो – प्यासिफिक क्षे...

भीडतन्त्रको मनोविज्ञान र 'मसिहा' को डिजिटल भ्रम: के हामी फेरि इतिहास दोहोर्या्उँदै छौँ?

  हामी अहिले एउटा यस्तो समयमा छौँ जहाँ ' तर्क ' ओझेलमा परेको छ र ' चर्को स्वर ' नै सत्यको मानक बनेको छ। दार्शनिक प्लेटोले आफ्नो प्रसिद्ध पुस्तक 'The Republic' मा ' भीडतन्त्र ' ( Mobocracy ) को बारेमा जे चेतावनी दिएका थिए , त्यो आज हाम्रै मोबाइलको स्क्रिनमा मञ्चन भइरहेको छ। प्लेटो भन्थे — लोकतन्त्र तब ' भीडतन्त्र ' मा परिणत हुन्छ जब समाजले योग्यताभन्दा सस्तो लोकप्रियता र भावनालाई रोज्छ। आज सामाजिक सञ्जालमा जो धेरै कराउँछ वा जसले भाइरल हुने कन्टेन्ट बनाउँछ , उसैलाई नेता मान्ने खतरा बढेको छ। यसले नीतिगत ज्ञान नभएका तर बोल्न सिपालु ' सेलिब्रेटी नेता ' मात्र जन्माइरहेको छ। प्लेटोको 'Ship of State' को सिद्धान्तले प्रस्ट भन्छ — यदि समुद्री आँधीबाट बच्नु छ भने हामीलाई दिशा र गतिको ज्ञान भएको ' विज्ञ क्याप्टेन ' चाहिन्छ , केवल मिठो बोलेर भीडलाई फकाउने ' मनोरञ्जनकर्ता ' होइन। तर विडम्बना , अहिलेको नयाँ राजनीतिक लहरले ' सत्य ' भन्दा पनि ' भावना ' सँग खेलिरहेको छ। परिणामतः समाजमा तथ्य   को सट्टा अफवाह र भाव...