"दलाल पुंजिबाद ले निम्त्याएको बिदेसीने लहर" एउटा पुस्ता ले बैदेशिक रोजगारी मा आफ्नो जवानी सक्दै गर्दा अर्को पुस्ता ले यहि काम गरेर खान सक्ने बातावरण राज्य ले बनाउनु सक्छ भने बिदेसिनु कुनै ठुलो खतरा होइन तेस्लाई राम्रै मान्न पर्छ
"दलाल पुंजिबाद ले निम्त्याएको बिदेसीने लहर" सामन्तबाद को अन्त्य संगै पुंजिबाद को बिकाश बिस्तारै ब्रिटेन बाट सुरु भएको मानिन्छ आधुनिक बिश्व ,प्रतिस्पर्धा बजार मा पुंजिबाद एउटा राम्रो अभ्याश हो | यद्यपी यसका थुप्रै चुनौती र बेफाइदाहरु छन्, तर नेपाल जस्तो निर्बाहमुखी अर्थब्यबस्था भएको साथै समाजको तल्लो तह (जसले अत्यन्तै सस्तो मा श्रम गर्छ केहि उत्पादन गर्छ) र तेही बर्गका बैदेशिक रोजगारहरु ले गरेको आयआर्जन ले मात्र चलेको देश मा पुंजिबाद को न कुनै अर्थ छ न भबिष्य मात्र दिन प्रतिदिन खोक्रो हुदै छ , यहा केवल समाजबाद को अबधारणा र प्रयोग आबश्यक छ, युरोप को थुप्रै बिकशित देशहरु ले समाजबाद र पुंजिबाद लाइ समानान्तर लागेका छन् | जसरि सामन्तबाद को अन्त्य संगै पुंजिबादको बिकाश भयो त्यसै गरि दलाल पुंजिबाद को जन्म भएको हुनु पर्छ, दलाल पुंजिबाद कहा बाट शुरु भयो त थाहा छैन तर नेपाल यसको धेरै नराम्रो उदाहरण हो | जसको प्रत्यक्ष / अप्रत्यक्ष असर हो विदेशिने लहर, १२ कक्षा पढ्ने बितिक्कै बिदेसिने रहर बोकेका भाइबहिनी हरुलाई सयाद यो कुरा ले कुनै अर्थ ...