Skip to main content

"दलाल पुंजिबाद ले निम्त्याएको बिदेसीने लहर" एउटा पुस्ता ले बैदेशिक रोजगारी मा आफ्नो जवानी सक्दै गर्दा अर्को पुस्ता ले यहि काम गरेर खान सक्ने बातावरण राज्य ले बनाउनु सक्छ भने बिदेसिनु कुनै ठुलो खतरा होइन तेस्लाई राम्रै मान्न पर्छ

 

"दलाल पुंजिबाद ले निम्त्याएको बिदेसीने लहर"

सामन्तबाद को अन्त्य संगै पुंजिबाद को बिकाश  बिस्तारै ब्रिटेन बाट सुरु भएको मानिन्छ आधुनिक बिश्व ,प्रतिस्पर्धा बजार मा पुंजिबाद एउटा राम्रो अभ्याश हो | यद्यपी यसका थुप्रै चुनौती र बेफाइदाहरु छन्,  तर नेपाल जस्तो निर्बाहमुखी अर्थब्यबस्था भएको साथै समाजको तल्लो तह (जसले अत्यन्तै सस्तो मा श्रम गर्छ केहि उत्पादन गर्छ)  र तेही बर्गका बैदेशिक रोजगारहरु  ले गरेको आयआर्जन ले मात्र चलेको देश मा पुंजिबाद को न कुनै अर्थ छ न भबिष्य मात्र दिन प्रतिदिन खोक्रो हुदै छ , यहा  केवल समाजबाद को अबधारणा र प्रयोग आबश्यक छ, युरोप को थुप्रै बिकशित देशहरु ले समाजबाद र पुंजिबाद लाइ समानान्तर लागेका छन् |



जसरि सामन्तबाद को अन्त्य संगै पुंजिबादको  बिकाश भयो त्यसै गरि दलाल पुंजिबाद को जन्म भएको हुनु पर्छ,  दलाल पुंजिबाद कहा बाट शुरु भयो त थाहा छैन तर नेपाल यसको धेरै नराम्रो उदाहरण हो | जसको प्रत्यक्ष / अप्रत्यक्ष असर हो विदेशिने लहर, १२ कक्षा पढ्ने बितिक्कै बिदेसिने रहर बोकेका भाइबहिनी हरुलाई सयाद यो कुरा ले कुनै अर्थ  राख्दैन र थाहा पनि छैन र भएर पनि केहि गर्न सकिदैन, दलाल पुंजिबादि सोच ब्यबस्था र प्रयोग ले बिद्यार्थी भाइ बहिनीहरु को  ५,६ कक्षा देखि नै ( NLP) भैसकेको छ, उनीहरु हिप्नोटाइज भएका छन ,उनीहरु मात्र होइन अधिकांस घर, समाज, अविभावक, नेता, कर्मचारी, पढाउने शिक्षक , पत्रकार सबै  शिकार छन् |   यो नेपाल र नेपालको भबिष्य को  निम्ति अतिनै जोखिम अवस्था हो , अझ भनम दलाल पुँजीपति हरु को लागि देश सक्ने ठुलो अवसर हो, जुन कुरा सुरु भैसको  |

पुंजिबाद ले झन् धेरै धनि गरिब बीच खाडल बनाउछ, सोषण गर्छ, वर्ग संघर्स निम्त्याँउछ, कुनै राजनीतिक पार्टी ले समाजबाद को अबधारणा लागु गर्न खोज्छ भने त्याहा पुंजिबाद संग फेरी संघर्स हुन्छ अनि नवउदारबाद को जन्म हुन्छ जुन हाल भैराखेको छ|  यसको चपेटामा सधै गरिब निमुखा किशान मजदुर र साना व्यवसायी हरु पर्दछन, दलाल पुंजिबाद ले  रास्ट्र हित बिपरित स्वाधिनाताको विपक्ष मा बिदेशी लाइ प्राथमिकता दिन्छ, जसको उदाहरण हो MCC , यसले मिडिया किन्छ प्रचार गर्छ गलत हल्ला र गलत सुचना सोजा जनता सम्म पुराउदछ, आर्थिक मन्दी पनि दलाल पुँजीपति र पुजीबादी हरु को हल्ला र चालखेल मात्र हो | एक दार्शनिक ले भनेका छन् " दलाल पुजीबादी ले आफ्नो भौतिक उपस्थिति बिना नै बौदिक छाप र नकारात्मक प्रभाब पार्न सक्षम हुन्छन"

तर यसको बिरोध र रोकथाम गर्ने भनेको युवा शक्ति र समाजबाद सहितको  राजनीतिक अबधारणा ले हो तर त्याहा पनि नोकरशाही दलाल पुंजिबाद हाबी छ जुन झन् धेरै खतरनाक कुरा हो , त्यहा नाताबाद कृपाबाद हुन्छ उनीहरु सबै नै दालाल पुजिबाद तिर छन् र चुपचाप छन् | दलाल पुंजिबाद को जालो मा देश यसरि बेरिएको छ कि अर्थतन्त्र नै दलाल पुंजिबाद को हात मा छ | दलाल पुंजिबाद ले सिन्डिकेट बनाउछ, राज्य नै खरिद गर्छ, कानुन नै आफ्नो हित र अनुकुल बनाइदिन्छ अनि राजनीति र राज्य ब्यबस्था मै हस्तक्षेप गर्छ आफ्नो सहभागिता बढाउछ जुन कुरा प्रत्यक्ष देखिराखेको छ | पैसा पावर नाता गोता नहुनेहरु, मध्यम तथा निम्न बर्गीय भित्र का युवा हरु जो कोहि यहाँ बस्न सक्दैन किनकि त्यो वर्ग को लागि राज्य समाज र अन्य कोहि बाट पनि बस्ने बाताबरण यहाँ छैन | समग्रमा दलाल पुंजिबाद कै कारण बेरोजगारी सिर्जना हुन्छ मान्छे को चाहाना मा बृद्दी हुन्छ अनेक कुराको लत लाग्दछ र त्यो परी पूर्ति कै निम्ति पनि मान्छे बैदेशिक रोजगारी र पलाएन तिर आकर्षित हुन्छ | देखासिखी , रहर, गलत बुझाइ र विदेश नै जान पर्नी मानसिकता पनि दलाल पुजिबाद को असर हो |

एउटा पुस्ता ले बैदेशिक रोजगारी मा आफ्नो जवानी सक्दै गर्दा अर्को पुस्ता ले यहि काम गरेर खान सक्ने बातावरण राज्य ले बनाउनु सक्छ भने बिदेसिनु कुनै ठुलो खतरा होइन तेस्लाई राम्रै मान्न पर्छ तर अवस्था त्यो खालको छैन र अवस्था यो पनि होइन कि यहा केहि गर्न नै सकिदैन ? यहा मज्जाले जीवन निर्वाह हुन्छ, थोरै परिवर्तन बाट नि धेरै कुरा सम्भब छ | नेताले मात्र देशभक्ति महसुस गरेर केहि युवा सम्म सिकाउन सके पनि धेरै बदलाब आउन सक्छ |  तर बिडम्बना  दलाल पुंजिबाद, नोकरशाही दलाल पुजिबाद ले हर कोहि लाइ देश बाट धपाउदै छ | 

इ. मनोज आचार्य 

Manoj Acharya

Comments

Popular posts from this blog

"राजनीतिज्ञ कि चटके: नेपाली राजनीतिमा 'बौद्धिक टाटपल्टाई' को नग्न नमुना"

  इ. मनोज आचार्य नेपाली राजनीति आज एउटा विचित्र र त्रासदीपूर्ण दोबाटोमा उभिएको छ। एकातिर ‘ इतिहासको ब्याज ’ खाएर थाकेका पुराना दलहरू छन् भने अर्कोतिर ‘ परिवर्तन ’ को आकर्षक विज्ञापन बेचेर आएका नयाँ शक्तिहरू। यही संक्रमणकालीन क्षणमा एउटा गम्भीर र निर्णायक प्रश्न उठ्छ — हामीले रोज्दै गरेको पात्र राजनीतिज्ञ हो कि केवल एउटा चटके ? राजनीतिज्ञले देशको आगामी पुस्ताको भविष्य निर्माण गर्छ। चटकेले भने अर्को चुनाव र सामाजिक सञ्जालको ‘ भ्यूज ’ सुरक्षित गर्ने काम मात्र गर्छ। आज नेपालका गाउँदेखि सहरसम्म एउटा यस्तो घातक लहर फैलिएको छ , जहाँ विवेकलाई भावनाले , नीति र सिद्धान्तलाई ‘ स्टन्ट ’ ले विस्थापित गरिरहेको छ। नेपाल अहिले एउटा प्रयोगशाला बनेको छ — जहाँ पुराना दलको अक्षमता र नयाँ चटकेहरूको दाउपेच मिसिएर जनताको भविष्यमाथि जुवा खेलिँदैछ। यो कुनै लोकतान्त्रिक अभ्यास होइन ; यो त बौद्धिक टाटपल्टाईको नग्न नमुना हो। विश्व राजनीति र नेपालको असहज अवस्था आजको विश्व राजनीति इतिहासकै सबैभन्दा संवेदनशील ‘ मल्टी – क्राइसिस ’ बाट गुज्रिरहेको छ। अमेरिका आफ्नो एकछत्र वर्चस्व जोगाउन इन्डो – प्यासिफिक क्षे...

भीडतन्त्रको मनोविज्ञान र 'मसिहा' को डिजिटल भ्रम: के हामी फेरि इतिहास दोहोर्या्उँदै छौँ?

  हामी अहिले एउटा यस्तो समयमा छौँ जहाँ ' तर्क ' ओझेलमा परेको छ र ' चर्को स्वर ' नै सत्यको मानक बनेको छ। दार्शनिक प्लेटोले आफ्नो प्रसिद्ध पुस्तक 'The Republic' मा ' भीडतन्त्र ' ( Mobocracy ) को बारेमा जे चेतावनी दिएका थिए , त्यो आज हाम्रै मोबाइलको स्क्रिनमा मञ्चन भइरहेको छ। प्लेटो भन्थे — लोकतन्त्र तब ' भीडतन्त्र ' मा परिणत हुन्छ जब समाजले योग्यताभन्दा सस्तो लोकप्रियता र भावनालाई रोज्छ। आज सामाजिक सञ्जालमा जो धेरै कराउँछ वा जसले भाइरल हुने कन्टेन्ट बनाउँछ , उसैलाई नेता मान्ने खतरा बढेको छ। यसले नीतिगत ज्ञान नभएका तर बोल्न सिपालु ' सेलिब्रेटी नेता ' मात्र जन्माइरहेको छ। प्लेटोको 'Ship of State' को सिद्धान्तले प्रस्ट भन्छ — यदि समुद्री आँधीबाट बच्नु छ भने हामीलाई दिशा र गतिको ज्ञान भएको ' विज्ञ क्याप्टेन ' चाहिन्छ , केवल मिठो बोलेर भीडलाई फकाउने ' मनोरञ्जनकर्ता ' होइन। तर विडम्बना , अहिलेको नयाँ राजनीतिक लहरले ' सत्य ' भन्दा पनि ' भावना ' सँग खेलिरहेको छ। परिणामतः समाजमा तथ्य   को सट्टा अफवाह र भाव...

एस धर्तीमा स्वर्गको कुनै अनुभूति छ भने त्यो "प्रेम" हो

एस धर्तीमा स्वर्ग को कुनै अनुभूति छ भने त्यो   "प्रेम" हो मनोज   आचार्य   प्रेम   अपनत्वको भाव हो ,   " प्रेम " मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो प्रेम शब्द आफैमा अर्थपूर्ण , अनमोल अनि निकै गहन छ ,   प्रेम एक प्राकिृतिक शक्ति हो । त्यसमा हाम्रो धेरै कन्ट्रोल हुँदैन् ।   यसलाई परिभाषित गर्न असम्भव छ । प्रेमलाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् । जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं मात्र अनुभव गर्छौ ,,   प्रेम प्राकृतिक हुन्छ , प्राकृतिक रुपमा चलिरहन्छ । सूर्यले कहिल्यै पनि विश्रान्ति नलिएजस्तै , हावाले जहिल्यै वहेजस्तै , पृथ्वीले आफ्नो अक्षांशमा परिक्रमा गरिरहेजस्तै निरन्तर चलिरहन्छ ।   वास्तबमै प्रकृति नै प्रेम हो यो धर्ति नै प्रेम हो , प्रकृतिलाई हामीले जति भोग गरेपनि प्रकृतिले दिने काम रोकेकी छैनन्। व्यक्तिले जति नष्ट गरे पनि जति दुख दिए   पनि प्रकृतिले विनागुनासो फेरि उपलब्ध गराएकै हुन्छिन्...