"Universe Energy को उपयोग र फाइदाहरु" बिश्व समाज आधुनिकता तिर ढल्कदै गर्दा मानवीय गतिविधिहरुमा जति सहजता थपियो त्यतिनै रुपमा व्यक्तिको मन, बचन, ब्यबहार र दिमाखमा जटिलताहरु उत्पन्न हुदै गयो
बिश्व आधुनिकता तिर ढल्कदै गर्दा मानवीय गतिविधिहरुमा जति सहजता थपियो त्यतिनै रुपमा व्यक्तिको मन, बचन, ब्यबहार र दिमाखमा जटिलताहरु उत्पन्न हुदै गयो । फलस्वरूप मानिसहरुमा अनेकौ मानसिक समस्या, अशान्ति, छटपटी, दुखि हुनु , बादबिबाद, झैँ झगडा, सम्बन्धमा समस्या, रिस, राग, घमण्ड आदि अत्याधिक बृद्दी हुदै गयो र यो क्रम उच्च हुदै छ ।बिश्व भरि नै अब को चुनौती मानसिक समस्या संग कसरि जुध्ने भन्ने मा केन्द्रित छ, बिकसित देश हरुमा यसको जटिलता अत्याधिक भैसको जसकारण उनीहरु आध्यात्मिक बाटो र उपचार तर्फ सजक हुदै छन्, हाल नेपालमा नि यो समस्या ले उग्र रुप लिग्दै छ जसको असर सामाजिक संजाल मा धेरै देखिने गरेको छ । यो समस्या को पूर्ण समाधान अनि सहज जीवनका लागि केहि कुरा मात्र परिबर्तन गर्दा पनि निकै ठुलो भिन्नता देखिन थाल्छ । आउनुहोस केहि चर्चा गरौ ,
के हो universe energy ?
universe बैज्ञानिक का लागि स्पेस हो उर्जा को केन्द्र हो ,
हिन्दु को लागि ब्रम्हा हो , मुसलमान को लागि अल्लाह हो, इसाई को लागि जिसस हो, हर
कोहि धर्म को आस्था हो जहा एक अलौकिक शक्ति हुन्छ जुन बिश्वाश र सकारात्मकतामा मात्र
काम गर्छ । हर कोहि व्यक्ति ले त्यो
उर्जा आफु भित्र खिच्न सक्छ विभिन्न माध्याम बाट, जसको माध्याम बाट तपाइले जुनसुकै
कुरा प्राप्त गर्न सक्नुहुन्छ , मान्छे बाट महा मानब बन्न सक्न्नु हुन्छ, दुख बाट
खुसि पाउन सक्नु हुन्छ, भौतिक सुख सुभिदा, उच्चा ब्यक्तिवो, मानसिक तथा सारीरिक
समस्या बाट मुक्ति आदि । whatever you want ?
यो संसार मा भएका हरेक चिज मा शक्ति हुन्छ जुन universe संग जोडिएको हुन्छ तपाइँ हामि सजिब निर्जीव हर कोहि एउटा शक्ति भित्र बाधिएको हुन्छौ त्यो कुरा हामीले सामान्य तरिकाले पनि भरपुर उपयोग गर्न सक्छौ, हामिले सधै जसो सुन्ने गरेको सब्दहरु ( Law of attraction, law of positivity, subconscious mind, mind programming, energy healing, hypnosis, AURA power, chakra balanced, NLP, cosmic energy, मन्त्र vibration साथै जप, तप, ध्यान, साधना, योगा, भक्त्ति) यी सब कुरा हरु केवल बाटो हुन् जसले हामीलाई universe सम्म जोडाउने काम गर्छ । यी कुरा हरु youtube मार्फत, mind programming trainer मार्फत, NLP trainer मार्फत, वा vipassana meditation मार्फत, कुण्डलिनी जागरण वा अन्य healing theraphy, मार्फत पनि गर्न सकिन्छ ।
यी सबै माध्याम मा साझा कुरा भनेकै सकारात्मक सोच हो धैर्यता र सान्त मन हो । निकोला टेस्ला, आइनस्टान ले समेत यहि मार्ग मार्फत आफुलाई प्रमाणित गरेका हुन, यी ज्ञान गौतम बुद्ध देखि भागवत गीता सम्म बाइबल देखि कुरान सम्म यथावत छन् । तर चरम आधुनिकता, कृतिमता, ब्यस्त जीवनसैली, अव्यवहारिक शिक्षा, गलत मानसिकता ,गलत बुझाइ र गलत जिवनशैलि को कारण मानिस अत्यन्तै जटिलतामा तिर धकलिदै छ तर हाम्रो सनातन धर्म , पुरानो सस्कार आदि इत्यादि कुराहरुमा यि सब समस्या हरु बाट निक्लिने उपायहरु प्रशस्त छन । तर हामि भित्रको नकारत्मक उर्जा ले हामिलाइ त्यो कुरा पाउन बाट रोकिरहेको छ । नया पुस्ता साना भाइबैनि हरु मा शिक्षा को बिकास गर्न ब्यवस्थित र सकारात्म जिवन को बिकास गर्न यि कुराहरुको ग्यान र ब्यबहारिक प्रयोग अत्यन्तै आबश्यक छ ।
Universe Energy कसरि आफु
तिर खिच्ने ? कसरि सकारात्मक हुने ?
कुनै पनि कुराहरु आफु तिर तान्न को निम्ति स्वयम्
अत्यन्तै सकारात्मक र सुद्द हुन जरुरि छ खुसि अनुभव गर्नु पर्दछ तब मात्र law of
attraction ले काम गर्दछ, जसको लागि सामान्य परिवर्तन हरु जस्तै झुट नबोल्ने, कुलत
छोड्ने , बिहान चाडो उठ्ने प्रयास गर्ने सम्भब भए सम्म ब्रम्हमुर्हत (०३ देको ०५
बजे ) भित्र, आफु र आफुसंग भएको चिज को लागि universe लाइ धन्यबाद दिने या आफ्नो
भगवान लाइ सम्झिने , सामान्य योगा वा ध्यान गर्ने वा त्राटक गर्ने वा
प्राणायाम गर्ने । यति कुराले पनि २, ४ दिन मै
तपाईमा धेरै परिबर्तन महसुस हुन्छ बिस्तारै तेस्को असर सबै कुरामा देखिन थाल्छ । साथै हामीले सामान्य ho oponopono Affirmation को प्रयोग पनि गर्न सक्छौ,
जसमा
I am sorry
Please forgive me
I love you
Thank you (१०८)
यति कुरा
आफुले आफुलाई र आफ्नो बिग्रिएको काम अनि सम्बन्ध को लागि पनि गर्न सक्छौ, बिस्तारै
तपाइको बिग्रिएको काम बन्दै जान्छ , तपाइको शरीरको positive AURA बढ्न थाल्छ बिग्रिएको
सम्बन्ध राम्रो हुन्छ,
तेस्को जाच हामीले २ वोटा कपर को रड २ हात ले हल्का समाएर कति मिटर सम्म आफ्नो औरा फैलिएको छ हेर्न साथै अन्य ठाउहरु को positivity र negativity पनि चेक गर्न सक्छौ ।
सकारात्मक सोच संगै बिस्तारै हामीले energy healing नि गर्न सक्छौ जुन कुरा youtube बाट पनि सिक्न मिल्छ, जसले हामि भित्र भएको negative कुरा लाइ हटाएर राम्रा मान्छे अनि आफुले चाहेको कुराहरु पनि आकर्षित गर्न सक्छौ । बस यो काम पूर्ण बिस्वासको साथ् गर्न पर्दछ ।
हामीले मागेको कुरा universe
सम्म कसरी पुग्छ अनि कसरि काम गर्छ ?
energy को लेवेल मा हर कोहि
मानिस समान हुन्छ हामीले universe को माध्याम बाट जे कुरा पनि सम्भब गर्न सक्छौ बस तन मन बचन
उदेश्य र कार्य सहि हुन पर्दछ र nature को against हुनु हुदैन, जब हाम्रो मन
सकारात्मक हुन्छ पूर्ण उदेश्य सहित हाम्रो दिमाख मा प्रस्ट परिकल्पना हुन्छ हामीले
चाहेको कुरा( S M A R T) Specific, Measurable , Alterable, Realistic, Time Bounded भएमा त्यो हामीले प्राप्त
गर्न सक्छौ , जसको लागि माथि भनिएको कुनै एउटा law of attraction को मार्ग हुनु
पर्दछ साथै affirmation पनि जरुरि छ । यस्ता धेरै
बाटो हरु छन् जसमा telepathy बाट हामि आफ्नो मान्छे लाइ सूचना पठाउन सक्छौ, अबचेतन
मन लाइ re-program गर्न सक्छौ ।
बिरामी निको बनाउन सक्छौ, मानसिक समस्या डर चिन्ता भय बाट छुटकारा पाउन सक्छौ यस्ता धेरै काम गर्न सक्छौꟾ मात्र तपाई को सोच मन सुद्द हुन जरुरि ।
हामि universe संग connect हुन सामान्य केहि कुरा मात्र गर्दा नि सम्भब छ, जस्तै शान्त ठाउमा या राति सुत्दा आफ्नो स्वास लाइ केहि मिनेट ध्यान दिने आनन्द महसुस गर्ने कुनै light या सुर्य लाइ महसुस गर्ने खुसि हुने universe लाइ धन्यबाद दिने शरीर को ७ चक्र लाइ केहि मिनेट हेर्ने अनि आफुले चाहहेको कुरा हरु लेख्ने या बिहान बेलुका पटक पटक । आदि यस्ता अनेकौ तरिका हरु छन जुन youtube बाट सिक्न सकिन्छ ।
अन्त्यमा
हाम्रो सबै समस्या दुख को कारण हामि हौ केहि सामान्य कुराहरु ब्यबहार मा लागु गर्दा पनि हाम्रो जीवनस्तर धेरै माथि पुर्याउन सकिन्छ हाम्रा ९०% समस्या बाट आफै बाहिर आउन सकिन्छ, negativity ले गलत बानि ब्यबहार ले गर्दा हाम्रो दिमाख, हाम्रो काम, हाम्रो सम्बन्ध, सबै कुराहरुमा बाधा blockage भएको हुन्छ तसर्थ थोरै मात्र केहि practics गर्दा पनि धेरै कुरा आफै मिल्छ तेस्को कारण positivity हो । positivity ले universe सम्म जोड्छ जीवन लाइ सहज खुसि बनाउछ, आध्यात्मिक चेतना पाउन सकिन्छ जसको लागि योग ध्यान को आबश्यक पर्दैन । देश का नेता जनता युवा बिधाथि हर कोहि ले थोरै कुरा ब्यवहारमा लागु गर्दा पनि निकै नै ठुलो परिवर्तन आउन सक्छ । धन्यवाद !!
www.linkedin.com/in/er-manoj-acharya-b773352b0
https://www.facebook.com/acharyamanoj?mibextid=LQQJ4d
.jpg)
Comments
Post a Comment