जीवन, तथ्य, भ्रम र यथार्थ " त्यसैले ति कुरा हरु त्यागेर जिवन जगत संसार र स्वयंलाइ नजिक बाट नियालाै ,ब्यक्तिगत स्वार्थ भन्दा अलि पर सोचौं ,सोचाइको दायरा फराकिलो बनाऔँ "
Manoj Acharya
संसार यति धेरै सुन्दर हुनु र हामि कति समय बाच्दछाै याे रहस्यमय छ र हुनेछ तर हामी बाँचििरहन चाहन्छाै र आनन्दमय जिवनकाे कल्पनामा दिन रात डुबिरहन्छाै यहि अकांआक्षामा अनेकन दुखद घटना परिघटना भित्र रूमलिरहन्छाै ।याे क्षणभंगुर जीवन हाम्राे नियन्त्रणमा हुदैन हामी मानिस मात्र नभएर हरेक प्राणिहरूकाे जीवन कुन क्षणमा निर्जिवता रूपान्तरित हुन्छ ठम्याउन सकिँदैन।अनमाेल ,सुन्दर जिवनमा जिवनरूपि रथ कसरी सन्तुलित तवरले चलाउने हामी स्यंममा निर्भर हुन्छ।
हामिले जिवनको जुनसुकै अबस्था लाइ स्विकार गर्न सक्नुपर्छ चाहेर नचाहेर पनि किन कि जिवन अनिश्चित अकल्पनिय र भ्रम पुर्ण छ । सारा दुनियाँ एकले अर्कोको साहारा र आशमा जिवन लाइ चलाउन खोज्दै छ तर जिवन स्वयं निर्मित यन्त्र हो जुन स्वयम आफै स्वचालित छ अरु ले सक्दैन त्यसैले जिवन को असलि अर्थ तिमि एक्लोपन र एकान्त मा मात्र पाउन सक्छौ भिड मा होइन ... तिमिले अरु लाइ खोज्नु अघि आफुलाइ खोज्नु छ अरु लाइ चिन्नु अघि आफुलाइ चिन्नु छ जस्को लागि तिमि भिड बाट निस्किनु पर्छ ।एकान्त मा आफुलाइ निहाल्न पर्छ मनलाइ निहाल्न पर्छ बिना कुनै भावना , भावनाले त मनलाइ बिकेन्द्रित बनाउछ ।
त्यसैले त जिवनमा हामी संग जहिल्यै दुई वटा बिकल्प हुन्छ्न हरेक कुराको , कि स्विकार गर कि बद्ल्ने प्रयास गर।जब सम्म तिमि भिड मा हुन्छौ तिमि सङ स्विकार गर्नु को बिकल्प हुन्न ।जब भिड बाट बाहिर आउछौ आफ्नो अबचेतन मन लाइ आफ्नो बसमा पार्न सक्छौ तब तिमि बदल्ने प्रयास गर्न सक्छौ । हामिले पहिलो बिकल्प नै स्विकार गर्न पर्नि हुन्छ किन कि दोस्रो बिकल्प हरकोहिमा रोज्ने र गर्ने सामर्थ्य हुदैन । मान्छेहरु जिन्दगिलाइ आफ्नै आफ्नै तरिकाले परिभाषित गर्दछन् ,कोहि निकै कठिन बनाउछन त कोहि निकै सहज ।
धेरै जसो भौतिकबादि हुन्छन् तिनै कुरा मा बढि आकर्षित हुन्छन भने कोहि कोहि अपबादमा जिवनलाइ निकै फरक आध्यात्मिक र सरल तरिकाले ब्यक्त गर्छन । जो जस्तो सुकै भए पनि यथार्थमा हरेकको जिवन र सोचाइ फरक हुन्छन हर कोहि आफैमा अद्भुत हुन्छन कसैको तुलना कसै संग हुन सक्दैन किनकि सबै फरक भुगोल फरक जिन र फरक संस्कार बाट पैदा भएका हुन्छन् ।
हामि २१ औ सताब्दिको नाममा अरु बाट सिर्जित समाजको भ्रम पुर्ण बाध्यतालाइ स्विकार गर्दै वास्तबिक हाम्रो अझ भनाै आफ्नो अस्तित्वलाइ पर धकेल्दै दिनमा मैनबत्ती बालेर खुसि खोज्दै हरेक ठाँउ भौतारिरहेका छौ जुन यौटा ब्यबस्थित जिवन खुसि जिवन को लागि आबश्यक छैन हामि पर भागि रहेका छौ शुखि जिवन बाट , हामिले यथार्थ स्विकार गरिरहेको छैनौ ... कृतिमता र समाजको जालो भित्र हामि परिसकीको छौ जसकारण हमि त्यो भन्दा बाहिरको संसार हेर्न बाट बन्चित छौ ।
जिवनमा हामिले कति कमायौं कति पढ्छाै कति बर्ष बाच्छाै कति खायौ कति लायौ तेस्ले खास अर्थ राख्दैन जिन्दगिमा ... अर्थ यस कुराले मात्र राख्छ हामि मर्दा सगै लाने चिज चाहि के कमायौं ? हामी जिवन लाइ कति बुझ्छाै ? हामिले समाजलाइ कति बुझ्छाै ? हामी मरेर पनि समाजमा कति सम्म बाचिदियाै?हामिले के सिक्याैं, पढेर के सिकायौ अरुलाइ ? त्यसले मात्र विशेष अर्थ राख्छ जिन्दगिमा जिउनुको सार्थकता र आनन्द आउछ ..रिस ,डाह ,इर्स्या र कामवासना मान्छे का प्रमुख सत्रु हुन हर कोहि यसबाट टाढा हुन सक्दैन मात्र कम चाहि गर्न सकिन्छ जस्ले यस्ता कुरालाई न्युनतम बिन्दुमा झार्न सक्छ उसले नै सन्सार लाइ आफ्नो इशारामा चलाउन सक्छ ।
हरकोहि मानिसको सफलता को मापन त्यसमै हुन्छ ।उसले जिवन भर पढेको उपलब्धिको मापन उसको नैतिकता , इमानदारीता, शालिनतामा मात्र गर्न सकिन्छ ।उसको जिवन भर को कमाइ उसकै भौतिक सुख सुबिधामा होइन उसले गरेको कर्म , देश र समाज प्रतिको जिम्मेवारीमा मात्र मापन गर्न सकिन्छ । त्यसकारण मानिसको सम्पुर्ण जिवनको मुल्यांकन उसको सम्पति , उसकाे सुन्दरता , उसकाे जिवनशैलिमा गर्न सकिदैन ।
जिवन ति कुरा हरु मा अल्झिएर बस्न को लागि हामिले पाएको होइन जिवनको अन्तिम लक्ष्य त्यो होइन तेहि भएर मानिस अत्याधिक सुख सुबिधामा नि खुसि हुन सक्दैन । किन कि जिवन जगत र अध्यात्म धेरै बुहत छ साधारण मानविय परिकल्पना भन्दा बाहिर छ , ,हर कोहि त्यो भन्दा धेरै गर्न सक्ने सामर्थ राख्न सक्छ मात्र धैर्यता बनाइ राख्न पर्छ कर्म र साधना गरिरहन पर्छ । तिमिलाइ जिवनको छोटो समयमा पनि धेरै कुरा गर्न को निम्ति यहाँ पठाइएको छ तिम्रा हरेक शारिरिक बनावट , मानसिक क्षमता र इन्द्रियहरु त्यसैको निम्ति बनाइएको छ त्यसैले तिमिले पहिला आफु लाइ चिन्नु आबश्यक छ ।
सामान्य एउटा जनावर को जिवन चक्र र हाम्रो जिवान चक्रमा आज सम्म खास ठुलो फरक न आउनुको कारण पनि त्यहि हो ।हामिले हाम्रो क्षमता लाइ पहिचान गर्न सकेनै त्यहि भएर सफलताको नाममा क्षणिक शुखको नाममा हामि कहिलै पछि लाग्न आबश्यक छैन अन्यथा त्यो जिन्दगी को भाग दौड खेल्दा खेल्दै हामिले जिवनलाइ बिर्सिने छौ जिउन बिर्सिनेछौ अफसोच बुढो हुने छौ हाम्रो जवानि एउटा बिबाह एउटा बच्चा र केहि पैसा अनि एउटा घर मा सकिने छ ।
जिन्दगिभरिको भागदौड ,पढाइ , कमाइ , जवानि उमेर ,सोच , सपना त्यहि हुनेछ हाम्रो अन्तमा सबै सकिनेछ छ र मात्र तनाव एक्लोपन र केहि याद हरु बोकेर मृत्यु पर्खिरहेका हुनेछौ । हामि जन्मनु र मर्नु बिच को समय र सबै कुरा एउटा सपना मात्र हुनेछ हामि त्यो सत्य अन्तिम मा मात्र स्विकार्न बध्य हुनेछौ । हामि जुन दिन जन्मियाै त्यहि दिन मरे समान हुनेछौ किन कि हामिलाइ सम्झिरहने कुनै योगदान समाजलाइ दिएको हुदैनौ र मर्दा साथै लाने खास जिवनको अनुभव , पनि हामि संग हुदैन किन भने हामि जिवन भर घमन्ड मा बाचेको हुन्छौ क्षणिक सुख को निम्ति दौडेको हुन्छौ , स्वार्थ मा रिसमा डाहा मा बाचेको हुन्छौ । त्यसैले ति कुरा हरु त्यागेर जिवन जगत संसार र स्वयंलाइ नजिक बाट नियालाै ,ब्यक्तिगत स्वार्थ भन्दा अलि पर सोचौं ,सोचाइको दायरा फराकिलो बनाऔँ धन्यवाद |
मनोज आचार्य

Comments
Post a Comment