Skip to main content

विपश्यना साधनाको रहस्य

 

विपश्यना साधनाको  रहस्य

Manoj Acharya 

विपश्यना आत्मनिरीक्षण द्वारा आत्मशुद्धिको अत्यन्त पुरातन साधना-विधि हो। संस्कृत शब्द पश्यको अर्थ हो हेर्नु, देख्नु, यसै आधारमा वि उपसर्ग तथा ना प्रत्यय थपेर एक बिशेस प्रकारले आफुले आफुलाई हेर्नु हो यसमा मनलाई कुनै विषयमा पनि  (सुखदुख, रिसराग, माया, घृणा  आदि केहीमा  ) अल्झिन नदिई श्वासप्रश्वासमा तटस्थ केन्द्रित रहेर अभ्यास गरिन्छ जुन जस्तो हो, त्यसलाई ठीक त्यस्तो नै देख्नु विपश्यना हो।



आज भन्दा लगभग  २५००/ २६०० सय  वर्ष पूर्व भगवान  गौतम बुद्धले संसारबाट विलुप्त भइसकेको यस पद्धतिलाई पुन: अनुसन्धान खोज साधना  गरी संसारभर  यस चित्तमा विद्यमान सम्पूर्ण विकारहरूको निर्मूलन गरी मानव जीवनका  सबै प्रकारको दुःखहरूको मुक्ति को लागि  यस अमुल्य बिध्या मानव जीवनलाई लाइ दिएर निर्वाण प्राप्त गर्नु भयो

सिद्दार्थ गौतम बुद्ध हुनु भन्दा अगाडी पनि  यहा धेरै बुद्ध हरु थिए, जसले आफ्नो  बोधी काल पुरा गर्दै जन्म मिर्त्यु बाट निर्वाण प्राप्त गरिसक्नु भयो  गुरु श्री सत्यनारायण गोयन्का ले भन्नु भए अनुसार नेपालमा सिद्दार्थ गौतम तेस्रो बुद्ध को रुपमा जन्म लिग्नु भएको हो तसर्थ पनि यो देश एक पुरातन आध्यामिक तपोभूमि हो उहाको नै साशनकाल अहिले चलिरहेको

यस्तो  माहान अलौकि बिध्या बीच- बीच मा धेरै पटक लोप हुदै मिर्श्रित हुदै हराउदै गए  तर सत्य सधै सत्य नै रहन्छ, हराइसकेको यो जीवन जिउने कला गुरु श्री सत्यनारायण गोयन्का ज्यु ले  उहाको गुरु श्री  सयाग्यी बा खिन द्वारा पुन  प्राप्त गर्नु भयो जुन बिधि बाट भगवान गौतम बुद्द ले बुद्दत्वो प्राप्त गर्नु भयो त्यहि नै  विपश्यना बिधि पुन  संसारभर लोक कल्याण को निम्ति  फैलाउनु भयो आज हामीले गुरु श्री सत्यनारायण गोयन्का को मार्गदर्शन मार्फत नै यस बिध्या संसारभर सजिलै सिक्ने  अवसर पाएका छौ

विपश्यनामा दुःखबाट मुक्तिका लागि दुःख निरोध मार्गको रूपमा बुद्धद्वारा व्याख्या गरिएको आर्य अष्टांगिक मार्गको व्यावहारिक प्रयोग सिकाइन्छ यसअन्तर्गत पहिलो चरणमा शीलपालन गराइन्छ, जसमा आर्यमौन  पंचशील को पालना पर्दछ ( झुट नबोल्ने , हत्या हिम्सा नगर्ने , लागुपदार्थ सेवन नगर्ने, ब्रम्हाचार्य बस्ने , चोरी नर्गने ) अनि पूर्ण मौन बस्ने जसबाट साधकको साधना सरल हुन जान्छ दोस्रो चरणमा समाधि अर्थात् मनलाई एकाग्र गर्न सहज एवं स्वाभाविक श्वासप्रश्वासमा मात्र मनलाई केन्द्रित गराइन्छ यस साधना विधिलाई आनापान विधि भनिन्छ तेस्रो चरणमा एकाग्र मनको माध्यमबाट आफ्नो सम्पूर्ण शरीर एवं अन्तर्मनको गहिराइमा साक्षी भावद्वारा निरीक्षण गरिन्छ यसैलाई विपश्यना साधना पद्धति भनिन्छ यसरी साक्षी भावद्वारा निरीक्षण गर्नाले मन शरीरको वास्तविक सत्यतथ्य मूर्त एवं अमूर्त रूपमा प्रस्फुटित भई मन शरीरमा दबिएर रहेका विकार क्रमशः निर्मूल हुँदै जान्छन् अन्तरमनको गहिराइमा दबिएर रहेका सूक्ष्म विकारसमेत क्रमशः निर्मूल हुँदै मन शरीर निर्मल हुन्छ यही क्रममा प्रत्यक्ष सुखको अनुभूति हुँदै जान्छ,
यस विधिमा कुनै कल्पना, आकृति, मन्त्र, ध्वनि वा यस्तै मानिसद्वारा सिर्जित कृत्रिम साधन या माध्यमलाई स्थान दिइँदैन प्रकृति वा निःसर्गको नियमलाई मनको गहिराइमा अध्ययन एवं मनन गर्नु नै यस विधिको उद्देश्य हो जे , त्यही, जस्तो त्यस्तै हेर्नु त्यसको यथार्थ बोध गर्नु नै यथार्थ ज्ञानदर्शन हो 

विपश्यना मेरो आफ्नो अनुभव :

मैले जीवनमा चार पटक दश दिबशिय ध्यान बस्ने अबसर पाए उसोत कति पटक शिबिर बस्यो बन्ने कुरा ले त्यति ठुलो  अर्थ राख्दैन, आफुले पाएको यो अमुल्य बिध्या  लाइ कति उपयोग गरियो अनि कति शिल समता प्रज्ञा मा काम गरियो त्यसले मात्र बिशेस अर्थ राक्दछ यो बिध्या अतिनै सरल हर कोहि जात धर्म सम्प्रदाय एस्को लागी लाएक छन् तर अपनाउनको लागि कडा मेहनत परिश्रम को खाचो पर्छ, व्यक्ति ले जे जति प्राप्त गर्न सक्छ त्यो स्वयम् को मेहनत मा भर पर्दछ  मैले पहिलोपटक यो बिध्या मेरो आफन्त साथै आदरणीय   विपश्यना  सहायक आचार्य श्री मादव ढुंगाना ज्यु बाट सुन्ने बुझ्ने अनि सिक्ने अवसर पाए तेस्को लागि उहा प्रति धेरै आभारी छु

 

मानव मन बहुतै विचित्र, शक्तिशाली रहस्यमय मन भएर नै हामी मानव भएका हौँ यही मन शान्त, एकाग्र सिर्जनशील भयो भने यसले मानव सभ्यता विकासको हरेक क्षेत्रमा चामत्कारिक कामहरू गर्न सक्छ  गरेको यही मन विकारग्रस्त दूषित भयो भने विनाशकारी परिणामहरू निम्त्याउँछ अनि व्यक्ति, परिवार, राष्ट्र सम्पूर्ण विश्वको अहितसमेत गर्छ  

मानव मात्रले अहिलेसम्म आर्जन गरेको विज्ञान, कला, साहित्य, संस्कृति, भौतिक पूर्वाधार निर्माण सञ्चार क्षेत्रका उपलब्धिहरू मान्छेको यही मनका सिर्जनात्मक चमत्कार हुन् भने आपसी मनमुटाव, झैझगडा, आत्महत्या, बलात्कार, आतङ्ककारी क्रियाकलाप युद्ध, विश्वयुद्धहरू विकारग्रस्त मनका विनाशकारी परिणामहरू हुन्

मान्छेको मनको दूषित स्वभाव अर्थात् तृष्णा, अहङ्कार, आशक्ति, कामना अतृप्तिका कारण यसले मान्छेमा दुःखको बिकार उत्पन्न  गर्छ मनको विकारले गर्दा त्यस्तै किसिमका जैविक-रसायनिक तत्त्वहरू शरीरमा निःसृत हुनाले नकारात्मक संवेदनाहरू जस्तैः क्रोध, घृणा, द्वेष उत्पन्न हुन्छन् असुरक्षाको भावना जाग्छ मान्छेले सोहीअनुसार कार्यव्यवहार गर्छ आफूले दुःख पाउँछ, अरूलाई दुःख दिन्छ, उसबाट दुःख फर्किन्छ यो चक्र चलिरहन्छ  

मान्छेको मनमा संस्कार विकारको जुन तह जति नयाँ, नयाँ विकारहरू त्यसमा थपिँदै जान्छन्, त्यति नै मान्छे दुःख पीडाको सागरमा डुब्छ आर्थिक-भौतिक सुख, सुविधा व्यावसायिक सफलताले पनि मनमा विकार भने दुखित पीडित नै हुन्छ  

विपश्यना साधनाबाट मनमा भएका विकारहरू तृष्णा, अहङ्कार, आशक्ति, कामना अतृप्त हुँदा उब्जिने द्वेष तथा क्रोध कामना पूरा हुँदा उब्जिने रागलाई सबै अनित्य क्षणभङ्गुर भन्ने समभाव अनुभव पुष्ट हुँदै गएपछि साधकले आफूलाई हलुको प्रफुल्ल भएको अनुभव गर्छ  

नयाँनयाँ विकारहरू नबनाउँदा अचेतन मन मा दबेर बसेका पुराना विकारहरू सतहमा आउन थाल्छन् त्यसलाई पनि समभावले निरीक्षण गर्दै गएमा त्यो निर्जरा हुन थाल्छ चित्त निर्मल-र्निविकार हुँदै गएपछि साधकमा मैत्री समता जस्तो सद्गुणको विकास हुन्छ विपश्यना साधनाले वस्तुस्थितिको सामना गर्न सिकाउँछ

मानिसका केही शारीरिक रोगहरू मनोआधारित हुन्छन् विपश्यना साधनाबाट चित्त-विशुद्धिको फलस्वरूप ती रोगहरू निको पनि हुन्छन् तर साधकले रोग निको पार्ने भन्दा पनि उच्चअध्यात्मिक उपलब्धिको लक्ष्य राखी विपश्यना साधना गर्नुपर्छ

अन्त्यमा :

विपश्यना बाट हर कोहि मानिस उसको हरेक दुख बाट मुक्ति पाउन सक्छ, हरेक क्षेत्र मा सफलता पाउन सक्छ , आज को समाज मा अझ बढी यसको महत्वो बढ्दै गएको एकपटक विपश्यना शिबिर बसी दैनिकी केहि समय अभ्यास गर्दा पनि असामान्य  फलहरु पाउन सकिन्छ बिद्यार्थी हरु को पढाइ, साना भाइबहिनी हरु को भबिष्य, युवाहरु को लागि  मार्ग दर्शन , बिग्रियाका सम्बन्ध हरु को निवारण, रिस राग भय बाट बिस्तारै मुक्ति मिल्दै जान्छ

विपश्यना हरेक व्यक्ति ले गर्न जरुरि ,  यो मान्छे को आधारभूत आबश्यकता भित्र नै पर्दछ सम्पूर्ण  दुख समस्या को कारक नै  मन हो तसर्थ आफ्नो मन आफ्नो अधिन मा भए मात्र, आफ्नो मन सुद्द भए मात्र मानिस सुख तर्फ लम्किन सक्छ सबै कुरा उसको लागि सम्भव हुन सक्छ। धयाबाद !!

. मनोज आचार्य

 


Comments

Popular posts from this blog

"राजनीतिज्ञ कि चटके: नेपाली राजनीतिमा 'बौद्धिक टाटपल्टाई' को नग्न नमुना"

  इ. मनोज आचार्य नेपाली राजनीति आज एउटा विचित्र र त्रासदीपूर्ण दोबाटोमा उभिएको छ। एकातिर ‘ इतिहासको ब्याज ’ खाएर थाकेका पुराना दलहरू छन् भने अर्कोतिर ‘ परिवर्तन ’ को आकर्षक विज्ञापन बेचेर आएका नयाँ शक्तिहरू। यही संक्रमणकालीन क्षणमा एउटा गम्भीर र निर्णायक प्रश्न उठ्छ — हामीले रोज्दै गरेको पात्र राजनीतिज्ञ हो कि केवल एउटा चटके ? राजनीतिज्ञले देशको आगामी पुस्ताको भविष्य निर्माण गर्छ। चटकेले भने अर्को चुनाव र सामाजिक सञ्जालको ‘ भ्यूज ’ सुरक्षित गर्ने काम मात्र गर्छ। आज नेपालका गाउँदेखि सहरसम्म एउटा यस्तो घातक लहर फैलिएको छ , जहाँ विवेकलाई भावनाले , नीति र सिद्धान्तलाई ‘ स्टन्ट ’ ले विस्थापित गरिरहेको छ। नेपाल अहिले एउटा प्रयोगशाला बनेको छ — जहाँ पुराना दलको अक्षमता र नयाँ चटकेहरूको दाउपेच मिसिएर जनताको भविष्यमाथि जुवा खेलिँदैछ। यो कुनै लोकतान्त्रिक अभ्यास होइन ; यो त बौद्धिक टाटपल्टाईको नग्न नमुना हो। विश्व राजनीति र नेपालको असहज अवस्था आजको विश्व राजनीति इतिहासकै सबैभन्दा संवेदनशील ‘ मल्टी – क्राइसिस ’ बाट गुज्रिरहेको छ। अमेरिका आफ्नो एकछत्र वर्चस्व जोगाउन इन्डो – प्यासिफिक क्षे...

भीडतन्त्रको मनोविज्ञान र 'मसिहा' को डिजिटल भ्रम: के हामी फेरि इतिहास दोहोर्या्उँदै छौँ?

  हामी अहिले एउटा यस्तो समयमा छौँ जहाँ ' तर्क ' ओझेलमा परेको छ र ' चर्को स्वर ' नै सत्यको मानक बनेको छ। दार्शनिक प्लेटोले आफ्नो प्रसिद्ध पुस्तक 'The Republic' मा ' भीडतन्त्र ' ( Mobocracy ) को बारेमा जे चेतावनी दिएका थिए , त्यो आज हाम्रै मोबाइलको स्क्रिनमा मञ्चन भइरहेको छ। प्लेटो भन्थे — लोकतन्त्र तब ' भीडतन्त्र ' मा परिणत हुन्छ जब समाजले योग्यताभन्दा सस्तो लोकप्रियता र भावनालाई रोज्छ। आज सामाजिक सञ्जालमा जो धेरै कराउँछ वा जसले भाइरल हुने कन्टेन्ट बनाउँछ , उसैलाई नेता मान्ने खतरा बढेको छ। यसले नीतिगत ज्ञान नभएका तर बोल्न सिपालु ' सेलिब्रेटी नेता ' मात्र जन्माइरहेको छ। प्लेटोको 'Ship of State' को सिद्धान्तले प्रस्ट भन्छ — यदि समुद्री आँधीबाट बच्नु छ भने हामीलाई दिशा र गतिको ज्ञान भएको ' विज्ञ क्याप्टेन ' चाहिन्छ , केवल मिठो बोलेर भीडलाई फकाउने ' मनोरञ्जनकर्ता ' होइन। तर विडम्बना , अहिलेको नयाँ राजनीतिक लहरले ' सत्य ' भन्दा पनि ' भावना ' सँग खेलिरहेको छ। परिणामतः समाजमा तथ्य   को सट्टा अफवाह र भाव...

एस धर्तीमा स्वर्गको कुनै अनुभूति छ भने त्यो "प्रेम" हो

एस धर्तीमा स्वर्ग को कुनै अनुभूति छ भने त्यो   "प्रेम" हो मनोज   आचार्य   प्रेम   अपनत्वको भाव हो ,   " प्रेम " मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो प्रेम शब्द आफैमा अर्थपूर्ण , अनमोल अनि निकै गहन छ ,   प्रेम एक प्राकिृतिक शक्ति हो । त्यसमा हाम्रो धेरै कन्ट्रोल हुँदैन् ।   यसलाई परिभाषित गर्न असम्भव छ । प्रेमलाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् । जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं मात्र अनुभव गर्छौ ,,   प्रेम प्राकृतिक हुन्छ , प्राकृतिक रुपमा चलिरहन्छ । सूर्यले कहिल्यै पनि विश्रान्ति नलिएजस्तै , हावाले जहिल्यै वहेजस्तै , पृथ्वीले आफ्नो अक्षांशमा परिक्रमा गरिरहेजस्तै निरन्तर चलिरहन्छ ।   वास्तबमै प्रकृति नै प्रेम हो यो धर्ति नै प्रेम हो , प्रकृतिलाई हामीले जति भोग गरेपनि प्रकृतिले दिने काम रोकेकी छैनन्। व्यक्तिले जति नष्ट गरे पनि जति दुख दिए   पनि प्रकृतिले विनागुनासो फेरि उपलब्ध गराएकै हुन्छिन्...